नियम ५१
यात्री सूची
(१) लामो र मध्यम दूरीमा सञ्चालन गरिने पञ्जिकृत यातायात सेवाको व्यवस्थापक वा सवारी धनीले ऐनको दफा १०० बमोजिम तयार गर्नु पर्ने यात्री सूचीको ढाँचा अनुसूची–५८ बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिमको ढाँचामा तयार गरिने यात्री सूचीमा सवारी प्रस्थान गर्दा सवारीमा रहेका यात्रीको अतिरिक्त बीचमा सवारीमा चढ्ने नयाँ यात्रीको नाम समेत समावेश गरी त्यस्तो यात्री सूचीको एक प्रति बीच बाटोमा रहेका प्रहरी कार्यालय तथा चेक पोष्टलाई समेत दिनु पर्नेछ ।